शेखरले किन पाएनन् भाइबहिनीकै साथ ?

अनलाइनखबर

गौरव पोखरेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउनु चार महिनाअघि डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला एकैठाउँ भेला भएर ‘लञ्च मिटिङ’ गरे । तत्कालीन रामचन्द्र पौडेल समूहमा सभापतिका आकांक्षी धेरै भएका बेला केन्द्रीय कमिटीमा रहेका तीन कोइरालाले महामन्त्री शशांकको महाराजगञ्जस्थित निवासमा भेला भएर आफूहरु एकजुट रहेको सन्देश दिन खोजेका थिए ।

नेतात्रयले कांग्रेसमा कोइराला परिवारको विरासत फर्काउन एकजुट हुने सन्देश दिएको यो पहलो पटक थिएन । पछिल्ला वर्षहरुमा तीनै जनाले पटकपटक कोइराला परिवारबाटै एउटै उम्मेदवार हुने पनि बताइरहेका थिए ।

तर ४९ वर्ष कांग्रेसको नेतृत्व गरेको कोइराला परिवारका तेस्रो पुस्ताका तीन नेता महाधिवेशनमा एकठाउँमा उभिन सकेनन् । तत्कालीन पौडेल समूहले १४औं महाधिवेशनको उद्घाटनको दिनसम्म गरेको छलफलहरूमा शशांकले दाजु शेखरलाई समर्थन गरेनन्, बरु रामचन्द्र पौडेलको नाममा सहमति जुट्छ भने आफू छाड्न तयार छु भनिदिए ।

पौडलले प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले छाड्ने नभए आफ्नो टिममा बस्नुपर्ने बताए । तर प्रकाशमान र शेखरले दुबैलाई एकअर्कालाई स्वीकार गरेनन् । शेखर, पौडेलको टिममा बस्न तयार भएका थिए, तर प्रकाशमान मानेनन् र साझा उम्मेदवार बन्न सकेन ।

प्रकाशित मिति: : 2021-12-16 11:12:00

प्रतिकृया दिनुहोस्