नयाँ वर्षमा दिनुहोस्, यस्ता ‘हयान्ड मेड’ गिफ्ट !

packingSupply.in
packingSupply.in

अब नयाँ वर्ष आउँदैछ। जसकारण हामी सबैले निकै उत्साहित छौँ। कतिपय बजारमा ‘न्यू इयर कार्ड’ समेत बेचिरहेका छन्। यसको अवसरमा उपहारका पसलहरु सजाउन थालिसकेका छन्।

त्यसैले तपाई पनि कसैलाई केही उपहार दिन चाहनुहुन्छ भने नयाँ वर्ष गिफ्ट दिनका लागि उपयुक्त समय हो। खासमा भन्नु पर्दाआफ्नो माया दर्साउनका लागि उपहार दिने गरिन्छ।

कसैलाई हामी उपहार दिन्छौँ भने उनीसँग आफ्नो मनका कुराहरु पनि बहकिने गछौँ। तर यदि तपाई कसैलाई दिनु भएको गिफ्ट ‘हयान्ट मेड’ हो भने ‘सुनमा सुगन्ध नै मिल्छ। उपहार पाउने मानिसले पनि त्यही सोच्छन् कि उनको लागि खास ग¥यो। त्यसैले आज हामी चर्चा गर्नेछौँ कि नयाँ वर्षमा दिने उपहारलाई सजिलै बनाइने उपहारबारे। 

कन्फेशन जार

यदि तपाई कसैलाई उपहार दिन चाहनुहुन्छ भने कन्फेशन जार दिनुहोस्। यो गिफ्ट महँगो त छैन् तर तपाईको नाजिकका मानिसलाई भने जरुर नै मनपर्छ। यसलाई बनाउन पनि निकै सजिलो छ। जसका लागि काचका जार, कलर पेपर, कलर पेन र कैँची चाहिन्छ। 

HarZindagi

प्रिन्टेड कप
मानिसले कपलाई लामो समयसम्म प्रयोग गर्ने गर्छन्। त्यसैले तपाई नयाँ वर्षमा आफ्नो हातबाट बनाएको पेन्ट गरेको कप गिफ्ट दिन सक्नुहुनेछ। यसलाई बनाउनका लागि तपाईलाई मात्र एक्रिलिक पेन्ट र ब्रशको जरुरी हुन्छ। जसका लागि सेतो कप, पेन्ट ब्रश र पेन्ट कलर चाहिन्छ। 

Daraz.Ik

कार्डस
नयाँ वर्षमा कार्ड दिनु पहिलादेखि कै चलन हो। मानिसले महँगो उपहारका सट्टा यस्ता गिफ्ट दिएर यादगार बनाउने गर्छन्। तपाई घरमा नै यसलाई सजिलो तरिकासँग बनाउन सकिन्छ। जसका लागि कलर पेपर, स्केच पेन र कैँचीको आवश्यक पर्छ। 

Mycrafts.com

प्रकाशित मिति: : 2021-12-16 11:59:00

प्रतिकृया दिनुहोस्