साउथका अभिनेता अल्लू अर्जुन र अभिनेतृ रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा’ शुक्रवारबाट संसारभर प्रदर्शनमा आएको छ।
प्रदर्शनभन्दा अगावै डिजिटल राइट्सबाट २ सय ५० करोड कमाइसकेको फिल्मले प्रदर्शन भएको दुई दिनमा संसारभर १ सय १६ करोड कमाइ गरेको छ।
ट्रेड एनालिस्ट रमेश बालाले ट्विटरमार्फत् फिल्मले दुई दिनमा संसारभर १ सय १६ करोड कमाएको जानकारी दिएका हुन्।
सुकुमार निर्देशित गरेको फिल्मले एक हजार करोड नाघ्ने अनुमान गरिएको छ। पाँच भाषामा रिलिज भएको फिल्मले हिन्दी डबमा पहिलो दिन भारु तीन करोड कमाउँदै ‘केजिएफ’ को समेत रेकर्ड तोडेको छ ।