नविन खनाल र रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक

गायक नविन खनाल र गायिका रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक गरिेएको छ। बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो।

गीतकार गणेश खड्काको मिठासपूर्ण शब्द तथा गायक स्वय खनालको संगीत रहेको उक्त गीतमा रिकेश गुरुङंको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा दृश्या सुवेदी र रुशा न्यौपानेको अभिनय देख्न सकिन्छ भने उक्त भिडियोको कथा तथा कन्सेप्ट बिनोद श्रेष्ठले गरेका हुन।

हरि हुमागाईले क्यामेरामा कैद गरेको उक्त भिडियोको सम्पादन एवं निर्देशन शिव पुरीले गरेका हुन। गीतले सबैको मन जित्छमा आफु विश्वास्त रहेको गाएक खनालले बताए। 

प्रकाशित मिति: : 2021-12-20 09:26:00

प्रतिकृया दिनुहोस्