एमसीसी पारित भए सत्ता गठबन्धन टुट्छ ?

रातोपाटी

काठमाडौं

करिब ५५ अर्ब रुपैयाँ बराबरको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाको बहुमतबाट पारित गर्ने कि नगर्ने भन्ने विषय पेचिलो बनेको छ । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गर्ने र बहुमतबाट पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । तर, आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसबाहेक गठबन्धनका सहयात्री दलहरू यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिए ।

 

एमसीसी सम्झौतामा आजभन्दा ४ वर्षअघि नेपाली काँग्रेस र माओवादीको संयुक्त सरकार भएका बेला हस्ताक्षर भएको हो । अहिले पनि काँग्रेस र माओवादीकै गठबन्धन सरकार छ । यसलाई यही डिसेम्बरमा संसदले अनुमोदन नगरेमा सहयोग फिर्ता लैजाने

प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल यो सम्झौतालाई चाँडोभन्दा चाँडो संसदको बहुमतले पारित गर्नुपर्छ भन्ने अडानमा छन् । तर, प्रधानमन्त्री देउवा एमसीसी पारित हुनुपर्ने पक्षमा रहे पनि गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने यथास्थितिमा पारित गर्न नहुने पक्षमा छन् । सत्ता गठबन्धनमा रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीबारे मौन देखिएका छन् भने अर्का नेता डा. बाबुराम भट्टराईबाट चाहिँ एमसीसी पारित हुनुपर्ने पक्षमा अभिव्यक्ति आइरहेका छन् ।

प्रकाशित मिति: : 2021-12-20 10:00:00

प्रतिकृया दिनुहोस्