बार : जसको पराजयको इतिहास छैन

अनलाइनखबर

काठमाडौँ

काला, चिल्ला सडक सुनसान थिए। सेनाका बख्तरबन्द गाडी दौडन थालिसकेका थिए। पुतलीसडकको शंकरदेव कलेजबाट रामशाहपथको सर्वोच्च अदालत जाने त्यो व्यस्त सडकमा बिहानको साढे एघार बजे जम्मा बीस जना मानिससँग पनि भेट भएन होला। सडकमा निजी गाडी नगण्य मात्रामा चलेका थिए।

जो मानिससँग जम्काभेट हुन्थ्यो उनीहरू त्रासको भावनाले एकअर्कालाई हेरिरहेका थिए। टेलिफोनका घण्टी बज्न बन्द भइसकेका थिए। मोबाइल फोनको स्त्रिmनमा कुनै संकेत थिएन। नेपाल बारका अध्यक्ष शम्भु थापा कामविशेषले देश बाहिर हुनुहुन्थ्यो। महासचिव माधव बाँस्कोटा अलि टाढा बस्नुहुन्थ्यो।

बसाइ र ल र्फम पनि नजिक भएका उपाध्यक्ष शेरबहादुर केसी र म शाही घोषणाको ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्ने अन्तिम वाक्यांश रेडियोबाट सुनेको पाँच मिनेटभित्र पुतलीसडकमा गुडिरहेका सेनाका बख्तरबन्द गाडीहरूलाई वास्ता नगरी नेपाल बार परिसर जाँदै थियौं।

नेपाल बारको नेतृत्वमा रहेका हामीहरूलाई भेट्दा संभावित गिरफ्तारी वा अन्य कुनै त्रासको कारणले हो सधैं हाई हेलो गर्ने मित्रहरू पनि त्यस दिन या त बोल्नै तर्किएका थिए या त बोल्नु नपरे हुन्थ्यो भन्ने हाउभाउ देखाइरहेका थिए।

प्रकाशित मिति: : 2021-12-22 11:15:00

प्रतिकृया दिनुहोस्