हेटौँडाको ठिटो यसरी स्थापित बने गीत–संगीतमा

रातोपाटी

काठमाडौँ

विवाह होस् वा कुनै उत्सव तथा मेला–पर्व, ‘काले दाइ, काले दाइ’, ‘पहिलो नम्बरमा’ जस्ता गीत बज्ने गर्दछन्। ती गीत नबज्ने उत्सव बिरलै भेटिन्छ। एउटा गीत चर्चित हुन त्यसका हरेक पक्ष उत्कृष्ट हुनुपर्छ। गीत उत्कृष्ट हुनुमा त्यसको संगीत, गायन, लिरिक्स तथा अरेन्ज पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

मिठा शब्द, सुमधुर संगीत अनि लयबद्ध पंक्ति, त्यसमाथि गायकरगायिकाको दमदार आवाज उत्कृष्ट गीतको बलियो पक्ष हो। गीतका सबै पक्षलाई उत्तिकै महत्व दिएमात्र उत्कृष्ट गीत निर्माण हुन्छ।

‘काले दाइ, काले दाइ’, ‘पहिलो नम्बरमा’ जस्ता उत्कृष्ट गीत निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका एक पात्र हुन् अरेन्जर उदयराज पौडेल। सरल र लजालु स्वभावका पौडेलको जन्म २०४० को दशकमा तत्कालीन हेटौँडा नगरपालिका–३ ९हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२० हरामी टोलमा बुबा भास्करराज पौडेल र आमा मिरा शर्मा पौडेलको कोखबाट भएको हो।

प्रकाशित मिति: : 2021-12-22 11:32:00

प्रतिकृया दिनुहोस्