बलिउड मात्र नभई टीवी इन्डस्ट्रीमा पनि केही यस्ता जोडी छन्, जसले कुनै समय एकसाथ रहने कसम खाएका थिए। तर त्यही जोडी 'डिभोर्स' पछि एकअर्कालाई देख्नसमेत चाहदैँनन्।
दलजीत कौर र शालीन भनोट
दलजीत कौर र शालीन भनोटले जोडी बनेर 'नच बलिए' मा सहभागिता लिएका थिए। उनीहरुबीचको प्रेम प्रष्टै देखिन्थ्यो। कसैले सोचेका थिएनन् कि उनीहरु घरेलु हिंसाको शिकार हुन्छन् भनेर। रिर्पोटका अनुसार दलजीतले शालीनमाथि गम्भीर आरोप लगाएको थियो।
India Today
डेलनाज ईरानी र राजीव पोर्ल
२०१० मा डिभोर्स गरेका डेलनाज ईरानी र राजीव पोर्लको विवाह भएको १४ वर्ष भइुकेको थियो। डेलनाजले राजीव एक विश्वासघाती पति भएको भनेर आराप लगाएकी थिइन्। तर राजीव चाहन्थे उनीहरुको बच्चा होस्। जुन कहिल्यै सम्भव भएन।
BCCl
राहुल महाजन र डिंपी गांगुली
राहुल महाजनकी पहिलो पत्निले उनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन्। त्यसैकारण डिभोर्स दिएकी थिइन्। राहुललेदोस्रो विवाह गरे, डिंपी गांगुलीसँग। तर त्यो सम्बन्ध पनि टिक्न सकेन।
Pinkvilla
काम्या पंजाबी र करण पटेल
कुनै समय थियो, जहाँ काम्या पंजाबी र करण पटेल एकअर्कासँग प्रेम गथे। उनीहरुलाई दर्शकहरु पनि देख्न चाहन्थे तर केही समयपछि उनीहरुबीचको सम्बन्ध टुट्यो। जसकारण करणले अंकिता भार्गवसँग विवाह गरे। त्यसैले यी कलाकार एकअर्कालाई रुचाउँदैनन्।
Navabharat Times
पुलकित सम्राट र श्वेता रोहिरा
पुलकित सम्राट र श्वेता रोहिराले धुमधामसँग विवाह गरेका थिए। तर एक वर्षपछि नै उनीहरु टाढिदै गए। जसकारण उनीहरुको डिभोर्स भयो। श्वेताले भने उनीहरु अलग्गिनुको कारण पुलकितको परिवार देखाइन्।
Aajtak
रश्मि देसाई र नंदीश संधू
रश्मि देसाई र नंदीश संधू पहिलोपटक सिरियल 'उत्तरन' मा देखिएका थिए। सोही क्रममा उनीहरुबीच प्रेम भयो र विवाह गरे। तर उनीहरुको विवाह धेरै टिक्न सकेन। नंदीशका अनुसार उनले वैवाहिक सम्बन्ध बचाउने कोसिस गरे।
India Tv News
सारा खान र अली मर्चेंट
सारा खान र अली मर्चेंटले बिग बोस शोमा 'मञ्जूर छ' भनेका थिए, तब नै दर्शकहरुले यसलाई देखावटी भने। उनीहरुले भने त्यसको विरोध गरेका थिए। तर शो सकिएसँगै उनीहरुको सम्बन्ध पनि छुट्यो।
India Tv News
श्वेता तिवारी र राजा चौधरी
श्वेता तिवारी र राजा चौधरीले विवाह गरे। तर उनीहरुको विवाह पनि १४ वर्षपछि टुट्यो। श्वेताले दोस्रो विवाह पनि गरिन्। जुन सफल हुन सकेन।
Times Now