कोरोना भाइरस: कहाँ कति खोप लगाइयो, प्रदेश नं २ किन पछाडि

बिबिसी

काठमाडौं

जनकपुरका पत्रकार सञ्जीवकुमार झाले हालसम्म कोरोनाभाइरस विरुद्धको खोप लगाएका छैनन्।

उनको जिल्ला धनुषामा खोप लगाउनुपर्ने समूहमा राखिएका झन्डै ५ लाख ६० हजार मानिसमध्ये एक तिहाइभन्दा बढीले दुवै मात्रा खोप लगाएका छन्।

बीबीसीसँग उनले भने, "म अरूलाई सहयोग गर्दा गर्दै आफैँ खोप लगाउन छुटेको हुँ। सुरुमा वृद्धहरूलाई लगाउन दिनुपर्‍यो भन्ने कुरा आयो। खोप पनि कम आएको थियो। आफ्नो स्वास्थ्य पनि राम्रो भएकाले मैले खोप लगाइनँ।"

पैतीस वर्षका झा अहिले खोपको आपूर्ति सहज भएकोले एकाध दिनमै खोप लगाउने आफूले सोचिरहेको बताउँछन्।

नेपालमा हालसम्म १८ वर्षभन्दा माथिको उमेरका ४९ प्रतिशत नागरिकले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।

खोप अभियान

स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले पुस महिनाभित्र लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य राखेर अभियान चलाइराखिएको बताए।

तर उक्त लक्ष्य भेटाउन हालसम्म लक्षित जनसङ्ख्याको ४३ प्रतिशतले पहिलो मात्रा लगाएको र जम्मा ३४ प्रतिशतले पूर्ण मात्रा लगाएको प्रदेश नं २ मा चुनौतीहरू देखा पर्नसक्ने भन्दै विशेष अभियान अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: : 2021-12-24 10:02:00

प्रतिकृया दिनुहोस्