धरानकी रेखा फागो, मोडलिङ क्षेत्रमा चिरपरिचित नाम हो। एक दर्जन बढि म्यूजिक भिडियोमा अभिनय गरिसकेकी रेखाले ‘तारेभीर’ नामक नेपाली कथानक चलचित्रमा पनि इन्ट्रि गरिन्।
भर्सटाइल, एक्सन र चञ्चले क्यारेक्टरमा देखिएको चलचित्र मज्जाले नचले पनि नब नायिकाको रुपमा छवि बनाइन्।
नायिका नम्रता श्रेष्ठको अभिनय प्रति प्रभावित उनीलाई ‘मेरो एउटा साथी छ’ चलचित्र अत्यन्तै मन पर्छ रे।
सिने जगतमा रम्ने बताउने २५ वर्षिय नवनायिका फागोको उचाई ५ फिट ४ इन्च छ। वाणिज्य शास्त्रमा स्नातक तेस्रो वर्षकी छात्रा उनी आर स्क्वायर बुटिक धरानकी सञ्चालिका पनि हुन्।
दर्जनौं फेशन शोमा सहभागी भएर कौसलता प्रदर्शन गरेकी उनी करियरमा ध्यान दिएकाले स्पेशल प्रेममा नपरेको बताइन्।
मिस लिम्बु २०१२ मा बेस्ट स्किनको उपाधि चुमेपछि कलाकारिता होमिएकी हुन्।राज गुरुङको ‘फुल जस्तो...’, प्रमिला राई र देबेश राईको ‘सोल्टी ज्यू...’, सदर राईको ‘यो कस्तो भाग्य...’, पार्वती राईको ‘काठमाडौंमा धरर मेलम्चीको पानी...’ लगायत २ दर्जन गीतहरुमा मोडलिङ गरेकी छिन्।