लाहुरे हुन छाडेर ‘लाहुरेनी’ फिल्म

विशाल सम्झन्छन्, ‘फिल्म देखाउन छुटाएँ भने अहिलेसम्मको मिहिनेत खेर जान्छ भन्ने लागेर त्यहीबेला हो मैले भर्ती नहूम् भनेर पुकारेको ।’

अनलाइनखबर

काठमाडौँ

बेलायती सेनामा जागिरे हुन अन्तिम परीक्षा दिएर फर्किंदै गर्दा उनले पहिलोपल्ट पितृलाई सम्झिए। बालापनदेखिकै उत्कट सपना थियो ‘ब्रिटिसे लाउरे’ बन्ने। त्यसका लागि ठूलै संघर्ष गरे पनि।

त्यसदिन सपनाको ढोका सम्मुख थियो। तर, उनले त्यो ढोका उघारेनन्। बरु, कहिल्यै नपुकारेको पितृ पुकारे, ‘यसपल्ट मलाई फेल गराइदेऊ, बरु अर्को पल्ट म जसरी पनि भर्ती हुन्छु !’

उनले भनेजस्तै भयो । बेलायती सेनामा छनोट भएका ८८ जनाभित्र उनी पर्न सकेनन्। त्यसरी बचपनदेखिको ‘लाहुरे सपना’लाई पनि विस्थापन गर्ने गरी उनीभित्र नयाँ सपनाको जन्म भएको थियो, फिल्म।

केही समयअगाडि भएको काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल (किम्फ)मा रोल्पाका विशाल रोका मगरको गोर्खा गर्ल (लाहुरेनी) नामक डकुमेन्ट्री प्रदर्शन भयो। उनले उक्त डकुमेन्ट्रीमा बेलायती सेना हुन एक युवतीले गरेको संघर्ष र हुन नपाएको पीडालाई देखाएका छन्।

प्रकाशित मिति: : 2021-12-27 14:30:00

प्रतिकृया दिनुहोस्