पञ्चायत असफल भएको ‘गाउँ फर्क’ अभियानमा माओवादी सफल होला

अनलाइनखबर

काठमाडौँ

मुलुकमा वर्षैपिच्छे हुने मलको अभाव यसपालि पनि दोहोरिंदै छ । यसको असर सीधै किसानलाई नै पर्छ । किसानले दुःखले लगाएको बालीको फसल स्वभाविक रुपमा घट्ने छ ।

हिउँदमा हुने मलको अभावको संकेत देखिदै गर्दा गत असोज अन्तिम र कात्तिक पहिलो साताको अन्धधुन्ध बाढीपहिरोले बर्खेबाली नाश गरेको पीडा पनि मुलुकका किसानसित छँदैछ । सरकारले दिने भनेको राहत अझै उनीहरुको हातमा परेको छैन । सरकारले घोषणा गरेको राहत किसानले पाउँछन कि पाउँदैनन् कुनै टुंगो छैन ।

बर्खेबाली भित्र्याउन नपाउँदाको थकथक र मलको अभावमा हिउँदे खेति उर्बर हुन नसक्ने संकेत देखिदाको छटपटीको दोहोरो पीडामा मुलुकका किसानहरु रहेका बेला आफूलाई किसान, गरिबदुःखी, सर्वहारा र मजदुरको पार्टी बताउने माओवादी केन्द्रले घोषणा गरेको छ : कृषि क्रान्तिको । र, उसले भनेको छ, यो क्रान्तिका लागि प्रत्येक नेता वर्षमा १५ दिन गाउँ फर्किनुपर्छ, श्रमदान गर्नुपर्छ ।

‘हरेक पालिकामा कम्तिमा ५० जना संलग्न गरी अनिवार्य एक कृषि, उद्यम/उद्योग ६ महिनाभित्र स्थापना गर्ने,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा पार्टीको आगामी बाटोबारे लेखेका छन्, ‘हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि फार्म या उद्यममा श्रम गर्नुपर्नेछ ।’

प्रकाशित मिति: : 2021-12-29 10:21:00

प्रतिकृया दिनुहोस्