माओवादी पदाधिकारी : तेस्रो पुस्तामा ‘बन्ध्याकरण’को डर

पदाधिकारी र स्थायी कमिटीमा युवाले पाँच वर्ष कुर्नुपर्ने

रातोपाटी

काठमाडौँ

महाधिवेशनमा व्यस्त रहेको नेकपा माओवादी केन्द्रले विधानतः १५ सदस्यीय पदाधिकारीको प्रबन्ध गरेको छ । केन्द्रीय समितिमा ‘थ्री इन वान’ भन्दै युवा (तेस्रो) पुस्ताको समेत समानुपातिक प्रतिनिधित्व गराउने बताएको माओवादीले १५ पदाधिकारी टीममा भने पहिलो र दोस्रो पुस्तालाई सेटल गर्ने र तेस्रो पुस्तालाई आगामी पाँच वर्षका लागि ढोका बन्द गर्ने संकेत देखिएको छ । साथै, माओवादीको विधानले पदाधिकारी टिममा समावेशीकरणको सिद्धान्तलाई पनि अंगीकार गरेको छैन ।

‘१५ सदस्यीय पदाधिकारीमा पहिलो र दोस्रो पुस्ताकै नेतालाई भाग नपुग्ने देखियो, अब हामी तेस्रो पुस्ताका युवाहरु पाँच वर्षका लागि पदाधिकारीमा जानै नपाउने स्थिति देखियो’ नेकपा माओवादी केन्द्रका एकजना युवा नेताले नाम उल्लेख नगर्ने शर्तमा रातोपाटीसँग भने, ‘काँग्रेसजस्तो ठूलो पार्टीमा ४५ वर्षका गगन थापा महामन्त्री बन्न सक्छन् भने युवाको पार्टी भनिएको माओवादीको पदाधिकारीमा चाहिँ तेस्रो पुस्ताको नेता किन नअटाउने ? पुरानै नेताहरुले पाँच वर्ष ओगट्ने हो भने युवाको आकर्षण काँग्रेसतिर सिफ्ट हुने खतरा छ।’

प्रकाशित मिति: : 2021-12-30 14:07:00

प्रतिकृया दिनुहोस्