क्रिकेटर क्विन्टन डी ककले टेष्टबाट लिए संन्यास

File Photo
File Photo

दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन्।

सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी ककले ३४ र २१ रन जोडेका थिए। ‘मेरो भविष्य कस्तो हुन्छ भन्नेबारे सोच्न धेरै समय लगाएको छु,’ डी ककले भनेका छन्। दक्षिण अफ्रिकाबाट ५४ अन्तर्राष्ट्रिय टेस्ट खेलेका डी ककले ३३०० रन बनाएका थिए।

‘भारतविरुद्धको आगामी टेस्टका लागि टोलीलाई शुभकामना। अब हामी एकदिवसीय र टी-२० मा भेट्ने छौं,’ २९ वर्षीय डी ककले भने। 

प्रकाशित मिति: : 2021-12-31 12:26:00

प्रतिकृया दिनुहोस्