क्या दशा ! बाबुको दाहसंस्कार गर्न शवसँगै हिँडेका पशुपति सात छिमेकीसँगै आफैँ शव बने

उकेरा

काठमाडौँ

बुटवल : बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानिगञ्ज समावेशी टोलका वीर बहादुर विकको शनिवार साँझ मृत्यु भयो। विक गत वैशाखदेखि बिरामी थिए। उनलाई प्रेसरले हानेर प्यारालाइसिस भएको थियो।

शनिवार साँझ मृत्यु भएपछि परिवारको सल्लाहमै आइतबार बिहान शव लैजाने निर्णय भयो। केही छिमेकीले मगरघाट बुटवलमै दाहसंस्कार गर्ने भने पनि परिवारका सदस्यले अन्तिम संस्कार रिडीमा होस् भन्ने चाहे। अनि शव रिडीमै लैजाने निर्णय भयो।

बिहान सवा ६ बजे लु २ ख ७२७९ नम्बरको बसमा शव राखेर मलामीहरू रिडी लागे। रिडी नपुग्दै पाल्पाको रिब्दिकोट गाउँपालिकामा लगुवामा बस दुर्घटनामा पर्‍यो। दुर्घटनामा वीर बहादुरका छोरासहित ८ जना मलामीको मृत्यु भयो।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। बसमा कुल ३५ जना मलामी हिँडेका थिए। दुर्घटनामा परेर बाँचेका रानिगञ्जका थम्मन पचभैया ओरालोमा ड्राइभरले ध्यान नदिँदा दुर्घटना भएको बताए। बुटवलबाट बस हिँडेपछि उकालो लाग्नासाथ ड्राइभरले बसलाई सहज रूपमा नचलाएको उनले बताए।

प्रकाशित मिति: : 2022-01-03 10:36:00

प्रतिकृया दिनुहोस्