'कठपुतली' लाई दर्शकको माया

File Photo
File Photo

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कठपुतली’लाई दर्शकले साथ दिएका छन्। रिलिज भएको दुई दिनमा चलचित्रको अकुपेन्सी काठमाडौंका मल्टिप्लेक्समा उच्च देखिएको छ।

अङग्रेजी नयाँ वर्ष २०२२ को अवसर र शनिबारको बिदाले पनि चलचित्रसम्म दर्शक तान्नमा सहयोग पुगेको हो।

शनिबार बिहानैबाट चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाजलगायतका हलमा हाउसफुल व्यापार गरेको छ।

झण्डै दुई वर्षपछि हलमा नेपाली चलचित्र हेर्न दर्शकको भीड देखिएको हो। हुन त यस अघि पनि नेपाली चलचित्र हलमा नआएको भने होइनन्। यस अघि प्रदर्शनमा आएको नेपाली चलचित्र 'डाँडाको बर पिपल' भने 'फ्लप' भएको थियो।

लगातार हिन्दी चलचित्र र साउथको हिन्दी डब सिनेमाले एकछत्र राज गरेको बेला यसरी नेपाली चलचित्रले दर्शकको साथ पाउनु सकारात्मक लक्षण हो।

यसै चलचित्रसंग रिलिज मिति जुधेको अर्को चलचित्र 'चपली हाइट ३' लाई पनि सकारात्मक सन्देश पुगेको छ। उक्त चलचित्रले भने २ पटक प्रदर्शन मिति घोषणा गरे पनि हाल पुस ३० गते प्रदर्शनमा हुने भएको छ।

सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन्। चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, ध्रुव कोइराला, उषा रजक, शिल्पा मास्केलगायतको अभिनय रहेको छ।

चलचित्रको कथा भने पुरानो भए पनि यसले एउटा इतिहास बोकेको छ। अन्तराष्ट्रिय फिल्म प्रतियोगितामा थुप्रै पुरस्कार जितेको यस चलचित्रले नेपाली बजार तताउने संकेत गरेको छ।

चलचित्रको कथा वस्तु, भिडियो मेकिङ र कलाकारको अभिनयले पनि दर्शकहरुको सकारात्मक प्रतिकृया पाएको छ।

प्रकाशित मिति: : 2022-01-03 16:00:00

प्रतिकृया दिनुहोस्