बाँकेको कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन मेराे उम्मेदवारीः युवा नेता बिसी

मेरो उम्मेदवारी बार्गेनिङका हाेइनः युवा नेता बिसी

नेकपा एमालेका युवा नेता डिल्ली बिसीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी पार्टी निर्माणका लागि भएको बताएका छन्। एमाले बाँकेको आसन्न आठौं अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका बिसीले उम्मेदवारी बारे प्रतिक्रिया दिँदै भने, ‘अध्यक्ष पदको मेरो उम्मेदवारी अन्य कुनै पदको बार्गेनिङका लागि होइन। पार्टी निर्माणका लागि मैले यही पुस २३ गते हुने आठौं जिल्ला अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु।’

अग्रज र समक्षीको साथ र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको भन्दै अध्यक्षका उम्मेदवारी युवा नेता बिसीले पार्टीलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। पछिल्लो समय पार्टीमा बैचारिक नेतृत्वको खडेरी परेको भन्दै कार्यकर्ता पंतिले आफूलाई पार्टी नेतृत्वका लागि अगाडि सारेको उनले बताए। कार्यकर्ताहरुको मनोभावना अनुसार आफूले उम्मेदवारी घोषणा नेता बिसीको भनाई छ।

‘पार्टीमा बैचारिक नेतृत्वको खडेरी पर्यो, जिल्ला नेतृत्वमा तपाईँ अगाडि सर्नुहोस् भनेर बारम्बार कार्यकर्ता पंतिले आग्रह गरेपछि उहाँहरुको मनोभावना अनुसार मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ। कार्यकर्ताहरुबाट राम्रो प्रतिक्रिया आइरहेका छन्’, अध्यक्षका उम्मेदवार बिसीले भने, ‘अग्रज र अनुजको सहयोग र हौसलाबाट म जिल्ला नेतृत्वमा पुग्ने हो। त्यसैले मेरो उम्मेदवारीका पछाडि अग्रज नेताहरुको हात र साथ रहेको छ भने समकालिन र पछिल्लो पुस्ताका नेता कार्यकर्ताहरुको मतले नै म जिल्ला नेतृत्वमा पुग्ने हुँदा मरो उम्मेदवारीमा अग्रज र अनुजहरु दुवैको साथ र सहयोग रहेको छ।’

बाँकेको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन वैचारिक र सफल नेतृत्व आजको आवश्यकता भएको भन्दै उनले आफूले पार्टी नेतृत्वमा दावी गरेको बताए। ‘बाँकेको कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन मैले आसन्न आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको छु’, उनले भने, ‘जहिले पनि पार्टी हीतमा सोचियो। कुनै अवसर र नियुक्तिको पछाडि दौडिएन। पार्टी निर्माणका लागि हिजोदेखि आजसम्म कटिबद्ध भएर लागियो। पार्टी अध्यक्ष केपी ओलीको बिचार र राष्टिय संकल्पलाई साकार बनाउन मेरो उम्मेदवारी रहेकाले यही आउँदो पुस २३ गते हुने आठौं अधिवेशनमार्फत् पार्टी नेतृत्व गर्ने गरी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु। हर तरहले मलाई सहयोग गरिदिनुहोला।’

प्रकाशित मिति: : 2022-01-04 08:18:00

प्रतिकृया दिनुहोस्