व्यापारमा सदाचार : किन र कसरी ?

अनलाइनखबर

काठमाडौँ

नेपालको वैदेशिक व्यापारको गुरुत्वाकर्षण क्रमश: छिमेकी मुलुकतर्फ ढल्किंदै गएको छ। भन्सार विभागबाट प्रकाशित चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम पाँच महीनाको तथ्यांकलाई केलाउने हो भने कुल आयातको ७५ प्रतिशत र निर्यातको ८२ प्रतिशत तीन वटा छिमेकी मुलुक; भारत, बांग्लादेश र चीनसँगको व्यापारले ओगटेको देखिन्छ।

तथापि भारतसँग पाँच महीनामा भएको निर्यात व्यापार रु.८४ अर्ब भन्दा माथिको तुलनामा सोही अवधिमा चीनमा भएको करीब ३८ करोड र बांग्लादेशमा भएको करीब २९ करोड बराबरको निर्यातलाई सन्तोषजनक मान्न सकिंदैन।

यी दुई छिमेकी नेपालको वस्तु निर्यात हुने मुलुकको सूचीमा क्रमश: एघारौं र चौधौं स्थानमा पर्दछन्। नेपालले वस्तु आयात गर्ने मुलुकको सूचीमा भने भारत पछि चीन दोश्रो र बांग्लादेश दशौं स्थानमा पर्दछ। यसरी हेर्दा नेपालले छिमेकी मुलुकमा निकासी बढाई उपलब्ध बजारको खासै फाइदा लिन नसकेको तर उल्टै छिमेकी मुलुकको वस्तु र सेवा खपत गर्ने बजार बन्दै गैरहेको बुझ्न सकिन्छ।

 

प्रकाशित मिति: : 2022-01-05 10:39:00

प्रतिकृया दिनुहोस्