अमेरिकामा डा. ह्यारी भण्डारीको चुनावी क्याम्पेनमा जोडिदैछन् सहयोगी हातहरू 

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकामा नेपाली सुमदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेद्वारीलाई नेपाली समुदायबाट उत्साहपूर्ण समर्थन मिलेको छ। २०१९मा भएको चुनावमा मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट हाउस अफ रिप्रेजेन्टेन्टिभ्स निर्वाचित भएर डा. भण्डारीले नेपालीका लागि मानक इतिहास बनाएका थिए ।

यही वर्षको नोभेम्बर ८ मा हुने निर्वाचनका लागि अहिले उनी डेमोक्रेटिक पार्टीबाट उम्मेद्वारको आकांक्षी छन् । जुनमा हुने डेमोक्रेटिक पार्टीको अन्तर पार्टी प्राइमरी चुनावमा विजयी भए मात्र उनी नोभेम्बर ८ को चुनावमा प्रतिस्पर्धा गर्न पाउँनेछन् । डा. भण्डारी अहिले त्यही प्राइमरी चुनावलाई अर्जुनदृष्ट बनाएर चुनावी क्याम्पेन सञ्चालन गरिरहेका छन् ।

अमेरिकामा नेपाली सुमदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेद्वारीलाई  प्रतिस्पर्धी बनाउन अमेरिकी पूर्वी समयअनुसार जनवरी ५ को  साँझ ५ बजे एक भर्चुअल फण्ड राइजिङ इभेन्ट आयोजना गरिएको छ। मेरिल्याण्ड राज्यको हाउसकी सभामुख एड्रिन जोन्सको विशेष आतिथ्यमा आयोजना हुने इभेन्टमा धेरै नेपालीको सहभागिता हुने अपेक्षा डेलिगेट डा. भण्डारीले राखेका छन्।

चुनावी क्याम्पेन सञ्चालन गर्ने क्रममा अहिले उनी नेपाली समुदायमाझ सहयोगको अपिल गरिरहेका छन्। अमेरिकामा चुनावमा प्रतिस्पर्धी उम्मेद्वार हुन सम्बन्धिक समुदायको नैतिक एवं आर्थिक सहयोगले ठूलो भूमिका निर्वाह गर्ने भएकाले डा. भण्डारीको उम्मेद्वारीलाई प्रतिस्पर्धी बनाउन अमेरिकाको नेपाली डायस्पोराका धेरैभन्दा धेरै नेपालीको सहयोग र समर्थन आवश्यक देखिन्छ ।

यसैक्रममा जनवरी ५ मा अमेरिकाको इएसटी समयअनुसार साँझ ५ बजे एक भर्चुअल फण्ड राइजिङ इभेन्ट आयोजना गरिएको डा. भण्डारीको चुनावी क्याम्पेन सञ्चालन गरिरहेको फ्रेण्ड्स अफ ह्यारी भण्डारीले जनाएको छ।

मेरिल्याण्ड राज्यको हाउसकी सभामुख एड्रिन जोन्सको विशेष आतिथ्यमा आयोजना हुने यो इभेन्टमा धेरैभन्दा धेरै नेपालीको सहभागिता हुने अपेक्षा डेलिगेट डा. भण्डारीले राखेका छन्। अहिलेसम्मको सहभागितालाई लिएर उनी आशावादी छन्। डा. भण्डारी भन्छन्, ‘मानिसलाई बचाउने भनेकै आशा र विश्वासले हो । म नेपाली समुदायलाई विश्वास पनि गर्छु र आशालाई पनि मर्न दिन्न ।‘

सहयोग र सहभागिताका लागि तपाईं पनि यहाँ क्लिक गर्न सक्नुहुन्छ :

 

 

प्रकाशित मिति: : 2022-01-06 00:35:00

प्रतिकृया दिनुहोस्