दाङमा जीप दुर्घटना, ६ जना घाइते [नामावलीसहित]

Symbolic photo
Symbolic photo

दाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं ३ स्थित बगाई खोलामा रहेको पुलमा जीप ठोक्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

घाइते हुनेमा लमही नगरपालिका-२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडा नं-५  का २५ वर्षीय विनोद चौधरी, रातो डाँडा निवासी १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानुप्रसाद गुप्ता, वडा नम्बर-६ देउपुर बस्ने १८ वर्षकी बिनिता लुहार रहेका छन्।

दुर्घटनामा चालक विनोद चौधरी, प्रदीप चौधरी, भानुप्रसाद गुप्ता, सिर्जना सुनारको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। बाँकी घाइतेको मुख र हातमा चोट लागेको छ। घाइतेहरूको नेपालगञ्ज र बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ।

पूर्वबाट लमहीतर्फ आउँदै गरेको लु ३ च ८८० नम्बरको स्कार्पियो जीप बिहीबार बिहान २ बजे अनियन्त्रित भई पुलमा ठोकिएको थियो। मादक पदार्थ सेवन गरी जीप चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको दाङ प्रहरी प्रमुख एसपी  सुरेशप्रसाद काफ्लेले बताए।

प्रकाशित मिति: : 2022-01-06 12:08:00

प्रतिकृया दिनुहोस्