अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल 

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन्। अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनबाट रावल लाई अध्यक्ष पदमा सर्व सम्मत नेतृत्व चयन गरेका हुन। 

अनेरास्ववियु जिल्ला कमिटी मुगुका सह ईन्चार्ज गणेश सेजुवालले दिएको जानकारी अनुसार सबै पदाधिकारी  र ४१ सदस्य  सर्वसम्मत नै नेतृत्व चयन भएको बताए। उनका अनुसार उपाध्यक्षमा रोशन शाही लगायत अन्य २ जना चयन भएका छन्। त्यस्तै सचिवमा लेखराज परियार सहित ४१ सदसिय समिति चयन भएको सेजुवालको भनाई छ।

कर्णाली प्रदेश सभाका सदस्य तथा विधान समितिका सभापति दान सिंह परियारको प्रमुख आथित्यमा सभा उद्धघाटन भएको थियो भने समितिले जिल्लामै पहिलो पटक र्याली सहित अधिबेशन सम्पन्न गरेको हो।

प्रकाशित मिति: : 2022-01-07 20:02:00

प्रतिकृया दिनुहोस्