खोप अभियानलाई तीव्रता दिँदै अस्पतालमा अक्सिजनको तयारी गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवाले काेराेना खाेप अभियानलाई तिव्रता दिन र अस्पतालमा अक्सिजन लगायतकाे व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

ओमिक्रोन र काेराेना भाइरस संक्रमण दरमा वृद्धि भएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)को शुत्रबार बसेकाे बैठक प्रधानमन्त्रीले यस्ताे निर्देशन दिएकाे स्वास्थय तथा जनसंख्या मन्त्री विराेध खतिवडाले बताएका छन्। 

‘बढ्दो आमिक्रोन संक्रमणलाई कसरी नियन्त्र गर्ने भन्ने कुरा भयो। नाकाहरुलाई कसरी चुस्त/दुरुस्त बनाउने, परिक्षणदेखि संक्रिमितलाई कसरी बस्ने व्यवस्थापन गर्ने लगायतका विषयमा कुरा भयो,’ मन्त्री खतिवडाले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने,‘खोप अभियानलाई अझै तिव्रता दिने र अस्पतालहरुका अक्सिजन लगायतको व्यवस्थापन गर्ने निर्देशन पनि भयो। 

बैठकमा स्थानीय तहमा जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनको कार्यविधिअनुसार अघि बढ्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई निर्देशन गर्ने निर्णय भएको छ।

शुक्रबार २४ जनामा ओमिक्रोन र झन्डै एकहजार जनामा कोरोना संक्रमण पुष्टि भएपछि सीसीएमसीको बैठक बसेको थियाे।

प्रकाशित मिति: : 2022-01-07 19:55:00

प्रतिकृया दिनुहोस्