माओवादी नेता नारायणकाजीलाई काेभिड संक्रमण, हाेमआइसाेलेसनमा बसे

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ। पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन्।

उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन्।

'पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु। हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु,' श्रेष्ठले लेखेका छन्।

प्रकाशित मिति: : 2022-01-08 10:01:00

प्रतिकृया दिनुहोस्