ओलीलाई फकाउन प्रधानमन्त्री देउवा बालकोट पुगे

File Photo
File Photo

प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शनिबार) प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्न बालकाेट पुगेका छन्।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार देउवाले विहान १० बजे ओली निवास बालकोटमै पुगेर ओलीलाई भेटेका हुन्।

लामो समयदेखि संसद अवरुद्ध रहेको अवस्थामा संसदको गतिरोध खुलाउन सक्रिय देखिएका देउवाले ओलीसँग भेटेकाे बताइएकाे छ। एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ।

प्रकाशित मिति: : 2022-01-08 10:33:00

प्रतिकृया दिनुहोस्