पेटकाे बच्चा श्रीमानले मेराे हाेइन भनेपछि श्रीमतीले गरिन् आत्महत्या !

File Photo
File Photo

श्रीमानले गर्भको बच्चा आफ्नो नभएकाे भन्दै यातना दिएपछि श्रीमतीले प्राण त्याग गरेकी छिन्।

झापाको मेचीनगर– १३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईले श्रीमानको यातनाले आत्महत्या गरेकाे स्थानीयले बताएका छन्। 

विद्याले गत वैशाखमा मेचीनगर– २ का विवेक भट्टराईसँग प्रेम विवाह गरेकी थिइन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागी विवाह गरेका थिए। उनीहरूले परिवारले एक महिनाअघि मात्रै घर भित्र्याएका हाे।

मृतक विद्याको पेटमा नाै महिनाको बच्चा रहेकाे पीडित परिवरकाे दाबी छ। माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए। तर, विद्याले नाै महिनाको पेटको बच्चासहित आत्महत्या गरिन्।

विवेकले यो मेरो बच्चा मेराे होइन भन्दै पटक–पटक विद्यालाई यातना दिएको र दाइजो कम दिएको आरोप माइती पक्षको छ।

मृतक विद्याको शरीरमा निलडामसमेत देखिएको र घटना रहस्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहितलाई कारबाहीकाे माग गरेका छन्। माइती पक्षले उजुरी दिएपछि श्रीमान विवेकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

विद्याका माइती पक्षले हत्या गरेर झुण्डाएको बताउँदै आएका छन्। किन त विद्याले आफूसँगै पेटमा हुर्किदै गरेको नाै महिनाको बच्चासहित आत्महत्या गरिन्, भन्ने बारे अनुन्धान भइरहेका प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-01-08 12:08:00

प्रतिकृया दिनुहोस्