आजको मौसम: तीन प्रदेशमा वर्षा, पहाडमा हिमपात

देशका तीन वटा प्रदेशमा आज वर्षा हुने भएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (आइतबार) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। वर्षा तथा हिमपात मंगलबारसम्म पश्चिम हुँदै पूर्वसम्म आइपुग्ने महाशाखाले जनाएको छ।

चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ।

प्रकाशित मिति: : 2022-01-09 08:04:00

प्रतिकृया दिनुहोस्