काठमाण्डू उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेकोबढ्यै, लकडाउनको सम्भावना कति

बिबिसी

काठमाडाैं

नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको तथ्याङ्कले देखाएको छ। आइतवार अपराह्ण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विगत २४ घण्टामा १,१६७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

अहिले पुष्टि भएकामध्ये ६१५ जना अर्थात् आधाभन्दा बढी काठमाण्डू उपत्यकामा छन्।

काठमाण्डूमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ सङ्क्रमित थपिएका हुन्। उपत्यकाका तीन जिल्लामा हुने सक्रिय सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

गत साता नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएपछि उक्त भेरिअन्ट फैलिने वा फैलिसकेको हुन सक्ने स्वास्थविज्ञहरूको आशङ्का छ। तर पनि डेल्टा भेरिअन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या उच्च रहेको विज्ञहरू बताउँछन्।

प्रकाशित मिति: : 2022-01-09 18:53:00

प्रतिकृया दिनुहोस्