सिंहदरबार जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

File Photo
File Photo

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने भएका छन्।

३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेद्र त्यहाँ जाने पूर्वराजाका सचिव फणि पाठकले जानकारी दिएका छन्।

शाह मंगलबार दिउँसो साढे १२ बजे सिंहदरबारको मूल गेट क्षेत्र पुग्नेछन्।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन विभिन्न संघसंस्था एवं राजनीतिक दलले सरकार समक्ष आग्रह गरेपनि सरकारले राष्ट्रिय एकता दिवसको मान्यता दिएको छैन।

प्रकाशित मिति: : 2022-01-10 15:24:00

प्रतिकृया दिनुहोस्