साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन 

साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ। डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन्। डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन्।

उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ। युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्रमुख लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ।’

कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ। यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो।

जीआइएसएआईडी एउटा अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ। नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन्। 

प्रकाशित मिति: : 2022-01-10 16:42:00

प्रतिकृया दिनुहोस्