लेवनानमा तैनाथ बर्दबहादुर गणको कार्य सम्पादन सर्वोत्कृष्ट

file photo
file photo

संयुक्त राष्ट्रसङ्घको आह्वानामा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ बर्दबहादुर गण ६२औँ डफ्फा कार्य सम्पादनमा सर्वोत्कृष्ट घोषित भएको छ।

उक्त मिशनमा तैनाथ अरु १० देशका गणमध्ये नेपाली शान्ति सेनाको बर्दबहादुर गण सर्वोत्कृष्ट ठहरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त गणले आफ्नो जिम्मेवारी ईलाकामा गरेको अब्बल कार्यसम्पादनको योगदानको कदरस्वरुप त्यहाँ तैनाथ फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले गणपतिलाई उत्कृष्टताको प्रतिक र प्रशंसापत्र प्रदान गरे।

गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को सङ्क्रमणको जोखिम खेपिरहेका आठवटै पालिकामा कोभिड किट वितरण गरेको सेनाले जनाएको छ। गणले नगरपालिकामा वृक्षरोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वद्र्धन, गुणस्तरीय दाँतको उपचार सम्बन्धि सेवा, विद्यालयमा स्टेशनरी वितरण, महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रमलगायत सञ्चालन गर्दै आएको छ।

गणले सार्वजनिक उद्यान र बगैँचाको मर्मतसम्भार जस्ता जनहितका कार्यक्रमका साथै नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैँचा’ निर्माण गरेको जानकारी दिइएको छ। उक्त गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा जैतुन खेती भित्र्याउन स्थानीय निकाय, लेवनानी सशस्त्र बल र सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेको सेनाले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-01-10 21:46:00

प्रतिकृया दिनुहोस्