भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए, राजनाथ सिंहलाई पनि कोभिड

भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार ६३ जनालाई कोभिड संक्रमण भएको छ। यो दर सोमबारको तुलनामा ६ दशमलब ४ प्रतिशतले कम हो। कोभिडको नयाँ संक्रमण फैलिएसँगै भारतमा कोभिड संक्रमित बढिरहेका छन्। भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ। पछिल्लो २४ घन्टामा कोभिडका कारण २७७ जनाको मृत्यु भएको छ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ। सिंहलाई सामान्य लक्षण देखिएको छ। संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा बसिरहेका छन्। आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन्। 
 

प्रकाशित मिति: : 2022-01-11 14:46:00

प्रतिकृया दिनुहोस्