शिक्षा आयोगले बढी शुल्क लिएको भन्दै विद्यार्थी संगठनले गरायो गृह मन्त्रालयको ध्यानाकर्षण

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिइएको भन्दै सात विद्यार्थी संगठनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

आज विद्यार्थी नेताहरुले गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थीमाथि ज्यादती भएको बताएका छन्। 

पत्रमा उनीहरुले एमबीबीएस, बीडीएस र बीएनएसमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले बढी शुल्क लिएर विद्यार्थीमाथि ज्यादती गरेको उनीहरुक भनाई छ। 

‘विराटनगरस्थित नोबेल मोडिकल कलेजले एमबीबीएस, पीडिएस र बीएनएसको सन् २०२१ ब्याचका विद्यार्थीबाट गैरकानुनी र गुण्डागर्दी शैलीमा चिकित्सा शिक्षा आयोगले प्रथम वर्षको शुल्क १४ लाख ८५ हजार रुपैयाँ तोकेकामा थप साढे ४ लाख रुपैयाँ शुल्क नबुझाए पढ्ने नदिने भन्दै अभिभावकहरुलाई धम्की दिने लगायत कार्य गरेको छ,’ पत्रमा उल्लेख छ। 

विद्यार्थी संगठनहरुले बढी शुल्क लिने र आन्दोलनको क्रममा विद्यार्थीमाथि ढुंगामुडा गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। 

नेविसंघ, तीनवटा अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो। 

प्रकाशित मिति: : 2022-01-11 14:52:00

प्रतिकृया दिनुहोस्