नारायणहिटी ठेक्का प्रकरण : कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजीनामा

File Photo
File Photo

नारायणहिटी दरबारको जग्गा ठेक्का प्रक्रियामा विवादमा परेका नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन्।

दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा पत्र बुझाएका हुन्।

समितिले नारायणहिटी दरबारको जग्गा ठेक्का बतास समूहलाई दिएको थियो। तर, ठेक्का दिने र बतास समूहले आफूले पाउनेभन्दा बढी जग्गा कब्जा गरेको विषय नै विवादमा परेपछि दाहाल पनि आलोचित भएका थिए।

मन्त्रालयले पनि छानबिन समिति गठन गरी यस विषयमा अनुसन्धान गरेको थियो। छानबिन समितिको प्रतिवेदनले ठेक्का प्रक्रियामा दाहालको संलग्नता देखाउँदै उनको गल्ती देखिएको जनाएको छ। 

उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई भाडामा लगाउने विवादमा दाहाल मुछिएका थिए। मन्त्रालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदनले पनि दाहालको संलग्नता देखाएको थियो।

दाहालको गल्ती देखिएको भन्दै छानबिन समितिले सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई प्रतिवेदन बुझाउँदै कारबाही सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2022-01-11 15:32:00

प्रतिकृया दिनुहोस्