पोखरामा लागूऔषध सहित दुई जना पक्राउ

पोखरामा लागू औषधसहित दुई जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट संयुक्त रूपमा खटिएको  प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पोखरा २२ स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेक जाँच गर्दा देश भारत विहार पश्चिम चम्पारण सरगटिया घर भएका वर्ष २१ का धर्मेन्द्र कुमार र रूपन्देही मर्चवारी गाउँपालिका वडा ५ मजगावा घर भएको वर्ष २० का अविनाश यादव लागूऔषधसहित पक्राउ परेका हुन्।

दुई जनाको साथबाट लागू औषध डाईजापाम १७१ एम्पुल, फेनारगन १७१ एम्पुल र नर्फिन १७१ एम्पुल गरी जम्मा ५१३ एम्पुल लागू औषध, मोबाईल २ थान र लु ३३ प ९३४३ नम्बरको मोटरसाइकल सहित प्रहरीले फेला पारेको थियो। दुवैलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-11 19:56:00

प्रतिकृया दिनुहोस्