मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा  कैलालीकाे गेटामा मंगलबार बेलुका दुर्घटनामा परेको छ।

महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो।

मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ नम्बरकाे गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जाेशीले बताए ।

सडकमा हिँडिरहेकाे गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।

ठक्कर दिने गाडीमा सवार सबै सकुशल रहेकाे प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: : 2022-01-12 06:36:00

प्रतिकृया दिनुहोस्