विवादित 'बतास' समूहले रामघाटलाई रामताल बनाउने ! [भिडियाे]

Breaknlinks
Breaknlinks

नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्का प्रकरणमा विवादित बतास समूहले सेती नदीस्थित रामघाटलाई रामताल बनाउने अवधारणा अघि सारेको छ।

नारायणहिटीपछि नेपाल-भारतमैत्री पशुपति धर्मशाला, पाटन दरबारक्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामग्री केन्द्र, अक्सिजन प्लान्ट, सेती नदीअन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माणलगायत योजनामा समेत बतास समूह विवादित बनेको थियो।

बतास समूहका अध्यक्ष आनन्दराज बतासको फेसबुक पेजमार्फत सार्वजनिक भएको ३ मिनेट ५७ सेकेण्ड लामो भिडियोमा रामघाटलाई व्यवस्थित गरेर तालको रुपमा विकास गरी आर्थिक आम्दानी बढाउन सकिने बताइएको छ।

घाट व्यवस्थित पारेर पशुपतिनाथ मन्दिरको शवदाह जस्तै व्यवस्थित बनाउन सकिने अवधारणा बतासले अघि सारेको छ।

भौगोलिक हिसाबले अति नै कमजोर रामघाटलाई बतास समूहले कब्जा गर्न लागेको भन्दै यसअघि नै नागरिकस्तरबाट चर्को विरोध भएको थियो।

बतासले अघि सारेको रामतालको नमुना यस्तो छ :

प्रकाशित मिति: : 2022-01-13 19:15:00

प्रतिकृया दिनुहोस्