‘टेक फोग’ : भारत सरकारको नरसंहार भड्काउने औजार

भारतमा आइटी सेलको रहस्यमय संसारमा राष्ट्र निर्माणका नाममा कैयौँ युवालाई अपराधी बनाइँदै छ

टेक फोग’ नामक एप सिर्फ एप मात्र होइन, यो ‘टुलकिट’ बनाउने कारखाना हो। यसको सम्बन्ध सीधा भारतीय सरकारसँग देखिन्छ। यसको खतरनाक प्रयोगबारे ‘द वायर’ले भर्खरै सार्वजनिक गरेको छ। द वायरको समाचार पढेपछि ‘दिशा रवि’ नामकी अभियन्ताको प्रसंग याद आयो। टुलकिट, टुलकिटको नारा लगाउँदै सरकार ती युवतीमाथि खनिएको थियो र पछि उनलाई जेलमा हालियो।

विश्व प्रसिद्ध पपस्टार रिहाना, जलवायु अभियन्ता ग्रेटा थनवर्गले भारतमा किसानमाथि भइरहेको अत्याचारबारे टिप्पणी गरेपछि दिशा रवि विवादमा तानिएकी थिइन्। त्यसवेला तिनले कसरी टुलकिट पाए भन्ने प्रश्न सरकार समर्थकले एकैपटक गरेका थिए। तर, सरकारसँग यस्तो टुलकिट तयार गर्ने कति कारखाना छन् भन्ने कसैले प्रश्न नै गरेन।

प्रकाशित मिति: : 2022-01-17 10:25:00

प्रतिकृया दिनुहोस्