बोलेरो दुर्घटना, एक जनाको मृत्यु, सात जना घाइते 

File Photo
File Photo

उदयपुरमा भएको बोलेरो गाडी दुर्घटनामा परेर सोमबार साँझ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्। 

कटारीबाट कालीखोलातर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो कटारी नगरपालिका–४ स्थित भित्री सडकखण्डमा दिउँसो ३ः१० बजेतिर दुर्घटनामा परेको थियो । आफैँ अनियन्त्रित भएर बोलेरो दुर्घटना हुँदा उदयपुरको कटारी–८ का ३८ वर्षीय विक्रम राना मगरको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले बताए। 

उनका अनुसार दिउँसो दुर्घटनामा परेर गम्भीर घाइते भएका राना मगरको उपचारका क्रममा कटारी अस्पतालमा साँझ ६ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा कटारी–८ की ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षीय चन्द्र श्रेष्ठ, ५० वर्षीया गीता श्रेष्ठ, ५२ वर्षीय कृष्णलाल श्रेष्ठ, कटारी–५ का ५ वर्षीय बालक दिवस श्रेष्ठ, ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया वेतकुमारी थापा मगर घाइते भएका छन्। 

सामान्य अवस्थाका घाइतेहरुको कटारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीव्र गतिका कारण बोलोरो दुर्घटनामा परेको हो। 

दुर्घटनापछि फरार रहेका बोलेरो चालक कटारी–८ का २६ वर्षीय प्रेम श्रेष्ठको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बोलेरो नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको छ। 

प्रकाशित मिति: : 2022-01-18 08:25:00

प्रतिकृया दिनुहोस्