दुई–दुई वर्षमा नेपाल घुम्न आउने बेल्जियन जोडी

शिलापत्र

अनुप पौडेल

‘त्यो पहाडमा त्यसरी चढ्दा उनीहरू लड्दैनन् ?’

भिरमौरीको मह सिकार भइरहेको पहाडतिर हेर्दै रिता करेलसँग जिज्ञासा राख्छिन् । करेल भेन पेल्ट पनि श्रीमतीसँग बसेर पहिलोपटक मह सिकारको दृश्यावलोकन गरिरहेका थिए । 

मनमा केही प्रश्न आए दुवै आफ्ना गाइड रामसँग बुझ्थे । हिमशृंखलाको मज्जा लिन नेपाल आएको यो जोडी भिर मौरीको मह कसरी काढिन्छ भन्ने धेरथेर जानेर बेल्जियम फर्किएको छ । नेपाल बसाइका दिन नयाँ कुरा जानेर यादगार बनाउन उनीहरू मंसिर मसान्ततिर कास्कीको अन्नपूर्ण गाउँपालिका– ७, लान्द्रुकस्थित कोटेसाङ महभिर पुगेका थिए । दुई हप्ताका लागि नेपाल आएका करेल र रिता डेढ वर्षपछि फेरि आउने योजनासहित स्वदेश फर्किसकेका छन् । उनीहरू नेपाली साथी राम ढुंगानासँग घुम्न र उनको परिवारलाई भेट्न नेपाल आउने गर्छन् ।  

तेस्रोपटक नेपाल आएर घुम्दा पनि यो जोडीको धित मरेको छैन । अन्नपूर्ण पदमार्गको लान्द्रुकमा शिलापत्रसँगको भेटमा करेलले भनेका थिए, ‘योपटक आउँदा मुस्ताङ जाने योजना थियो । अब मुस्ताङ जान दुई वर्षपछि फेरि आउँछौँ ।’ उनीहरू सन् २०१८ यता तीन पटक नेपाल आइसकेका छन् । अब सन् २०२३ को मार्चतिर नेपाल आउने यो जोडीको योजना छ । सन् २०१८ यता उनीहरू तीनपटक नेपाल आइसकेका छन् ।

प्रकाशित मिति: : 2022-01-18 21:48:00

प्रतिकृया दिनुहोस्