नेपाली बालसाहित्य : नलेखिएको हो वा नपढिएको ?

अनलाइनखबर

काठमाडौँ

बालबालिका स्वभावैले जिज्ञासु र उत्सुक हुन्छन्। अढाइ/तीन वर्ष नपुग्दै उनीहरु हरेक वस्तुलाई छुन खोज्छन्, सुनेका आवाज र शब्दलाई आफ्नो बुझाइमार्फत अभिव्यक्ति गर्ने प्रयास गरिरहेका हुन्छन्।

अघिल्लो पुस्ताका बालबालिकाको बालज्ञान र साहित्यको भोक हजुरबाआमाबाट पुरा हुन्थ्यो। उनीहरुले लोककथा, दन्तेकथाबाट कल्पनाशील हुने र ज्ञान प्राप्त गरे भने अहिलेका बालबालिकाको ज्ञान हासिल गर्ने थलो किताब नै हो, अर्थात बाल साहित्य नै हो।

बालबालिकालाई आफ्नो भाषा–संस्कृति, चालचलन, परिवेश र आर्दशबारे बालसाहित्यले नै परिचित गराउँछ। बालसाहित्यबाटनै बालबालिका कल्पनाशील र स्वप्नशील हुन्छन्।

बालबालिकामा पढ्ने बानी पनि विकास भएको छ। बालसाहित्यमा उनीहरुको रुचि छ, तर बजारमा उपलब्ध पुस्तकहरूले उनीहरुलाई आकर्षित गर्न सकेका छैनन्। बालसाहित्य लेखक कृष्णदीप सिग्देल नेपाली बाल साहित्य थोरै मात्र लेखिएको र लेखिएकोमध्ये पनि निकै कम मात्रामा पढिएको बताउँछन्।

प्रकाशित मिति: : 2022-01-19 10:36:00

प्रतिकृया दिनुहोस्