यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
नेकपा एमालेले प्यालेस्टाइनी विद्रोही समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणको घटनाप्रति निन्दा गरेकाे छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले साेमबार एक विज्ञप्ति जारी गर्दै घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार गर्न, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सरकारसँग माग गरेका छन्।
उनले निर्दोष नागरिक, वृद्धवृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान नगर्ने भन्दै बरु थप बढाउन मद्दत गर्ने पार्टीको ठम्याइ रहेकाे दाबी गरेका छन्।
एमाले ओलीले घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
‘हामी यस घटनाबाट 'लर्न एण्ड अर्न' योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखित छौँ’, उनले भनेका छन्, ‘मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैंको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु हामी सबै शोकमा छौँ। म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु।’

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया