कोभिडको तेस्रो लहरले दोस्रो लहरलाई उछिन्यो, ‘आउट ब्रेक’को स्थिति आएको हो ?

शिलापत्र

दिनेश गौतम

कोभिडको दोस्रो लहरमा गत २७ वैशाखमा पोजिटिभिटी दर सबैभन्दा धेरै ५१.८ प्रतिशत थियो । तर, तेस्रो लहरको उच्च बिन्दुमा नपुग्दै कोभिडले रेकर्ड तोडेको छ । बुधबार संक्रमणदर ५२.६ प्रतिशत पुग्यो । यो हालसम्मकै उच्च संक्रमणदर हो ।

संक्रमितको संख्यामा पनि तेस्रो लहरले दोस्रो लहरलाई उछिनेको छ । दोस्रो लहरमा गत २८ वैशाखमा सबैभन्दा धेरै ९ हजार ३ सय १७ जनामा संक्रमण पहिचान भएको थियो । त्यसलाई तोड्दै बुधबार नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भयो । जसमा २३ हजार ४ सय ९ जनाको परीक्षण गरिएको थियो । 

नयाँ लहरको घोषणा

दोस्रो लहरको रेकर्ड तोडिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ चरण सुरु भएको घोषणा गर्‍यो । ‘नयाँ चराणमा प्रवेश गरेको स्पष्ट देखिन्छ,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले भने, ‘ओमिक्रोन तीव्र रूपमा वृद्धि भइरहेको छ । दोस्रोमा देखिएको डेल्टालाई प्रतिस्थापन गरेको छ । ओमिक्रोन दुई गुणाले बढिरहेको छ ।’

प्रकाशित मिति: : 2022-01-19 22:32:00

प्रतिकृया दिनुहोस्