नेपाली चलचित्रको चरित्र के हो ?

बाह्रखरी

काठमाडौँ

हिन्दी सिनेमाको चरित्र मेलो ड्रामा, साउथको एक्सन, कोरियन चलचित्रको रोमान्टिक लभस्टोरी र कोरियन ड्रामा, जापानिज चलचित्रको चरित्र एनिमेसन हो भने नेपाली चलचित्रको चरित्र के हो ?

करिब ६ दशक लामो यात्रा तय गरेको नेपाली चलचित्र उद्योगको चरित्र अझैसम्म स्पष्ट भइसकेको छैन । न मेलो ड्रामा हो न त एक्सन, थ्रिलर, कमेडी र एनिमेसन नै हो। नेपाली चलचित्रले अझै स्पष्ट धार तय गर्न सकेको छैन।

चलचित्र निर्देशक मीन भाम नेपाली चलचित्रको चरित्र अहिलेसम्म स्पष्ट नभएको बताउँछन्। 'कोरियन चलचित्रको रोमान्टिक लभस्टोरी र कोरियन ड्रामा, जापानिज चलचित्रको चरित्र एनिमेसन भएजस्तो नेपाली चलचित्र उद्योगले आफ्नो चरित्र निर्माण गर्न सकेको छैन,' निर्देशक मीन भन्छन्, 'नेपाली चलचित्रको चरित्र त्यति बेला मात्रै यो हो भन्न सकिन्छ, जति बेला विदेशीले हेर्दा ऊ आफैँले नेपाली चलचित्र यस्तो हुन्छ है भनेर मूल्यांकन गर्छ।'

प्रकाशित मिति: : 2022-01-20 10:27:00

प्रतिकृया दिनुहोस्