सबै सीमा नाका खुल्लै, परीक्षण ल्‍याबमा ताला

अनलाइनखबर

काठमाडौँ

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि नेपालगञ्ज नाका हुँदै घर फर्कने कर्णालीबासीको संख्या बढ्दो छ। कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार मानिने बाँकेको जमुनाहा नाकाबाट दैनिक एक हजार भन्दा बढी नागरिक नेपाल फर्किन थालेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

‘नाकामा खटिएका स्वास्थ्यकर्मी पनि संक्रमित हुनुहुन्छ, भारतबाट फर्केकाहरुमा दैनिक संक्रमणको दर बढ्दो छ,’ बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वली भने।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले पनि देखाउँछ, कोरोना संक्रमण दर तीव्र रुपमा फैलँदैछ। यसैलाई मध्यनजर गर्दै सरकाले माग १५ गतेसम्म विद्यालय बन्द गर्ने र सार्वजनिक ठाउँमा जाँदा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णयसमेत गरेको छ।

तर कर्णाली प्रदेशमा भने कोरोना महामारीको सन्त्रास शून्य छ। सीमा नाका खुल्ला छन्। कोरोना परीक्षण ल्याबमा ताला लागेको छ। सीमा नाकाबाट संक्रमितहरु सिधै गाउँ पस्न थालेका छन्। सरकारी तयारीमा बेवास्ता गरिएको देखिन्छ।

प्रकाशित मिति: : 2022-01-20 15:58:00

प्रतिकृया दिनुहोस्