कन्सल्टेन्सीले ठगेको अफवाह फैलाउने बुढाथोकीले माफी माग्दै भने-कन्सल्टेन्सीले ठगेको छैन

दुबईस्थित जिसिडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले अष्ट्रेलिया लैजाने भन्दै ठगी गरेको अफवाह फैलाउने काजिमान बुढाथोकीले माफी मागेका छन्।

बुढाथोकीले आफूलाई कन्सल्टेन्सीले अष्ट्रेलिया लैजाने भन्दै लामो समयसम्म झुलाएको र पैसा फिर्ता माग्दा समेत नदिएको आरोप लगाउँदै विभिन्न संचारमाध्यमहरुमा अफवाह फैलाएका थिए। 

उक्त समाचार सार्वजनिक भएपछि कन्सल्टेन्सिका प्रबन्ध निर्देशक रमेश श्रेष्ठ शुक्रबार प्रेस काउन्सिल पुगेका थिए। 

श्रेष्ठले शुक्रबार नै विज्ञप्ति जारी गरेर संचारमाध्यममा आएका समाचारहरुको खण्डन गरेका थिए।

प्रकाशित मिति: : 2022-01-22 21:57:00

प्रतिकृया दिनुहोस्