‘रियालिटी शो’ का विजेता 'रियल लाइफ'मा किन चम्केनन् ?

शिलापत्र

काठमाडौँ

गत बुधबार अभिनेत्री प्रियंका कार्कीको युट्युब च्यानलबाट प्रसारण भएको ‘चपचप डायरिज’ कार्यक्रममा अतिथि थिइन्– ‘नेपाल आइडल –३’ कि विजेता सज्जा चौलागाईं।

प्रियंकाले कार्यक्रममा उनलाई एउटा जिज्ञासा राखिन्, ‘नेपाल आइडलमा विजेता हुँदा सज्जा चर्चामा थियौ। तर, विजेता भइसकेपछि जुन अपेक्षा थियो, त्यो मिट गरेनौ भन्ने प्रश्न आएको छ। किन सेलाएजस्तो भएको त्यसपछि ?’ सज्जाले आफ्ना शुभचिन्तकहरूबाट यो प्रश्न नियमित सामना गरिरहनुपरेकाे छ। ‘मप्रति आशा राख्नेहरूको अपेक्षा पूरा गर्न सकिनँ,' उनी स्वीकार्छिन्।

‘नेपाल आइडल–३’ विजेता बन्नुअघि सज्जासँग थुप्रै योजना थिए। सपना थिए। रियालिटी शोमा  उपाधि चुमेकी सज्जाले  ‘रियल लाइफ’मा आफूलाई प्रमाणित गर्न सकेकी छैनन्। ‘उपाधि जितेपछि म यस्तो गर्छु, धेरै मान्छे भेटेर नयाँ गीतमा काम गर्छुजस्तो लाग्थ्यो,' अभिनेत्री प्रियंकासँग चिन्तित हुँदै सज्जाल भनिन्म, 'जितेपछि केही भएन। आफ्नो अपेक्षा र अठाेट पूरा भएको छैन। चिन्ता लाग्छ।'

प्रकाशित मिति: : 2022-01-23 10:07:00

प्रतिकृया दिनुहोस्