दक्षिण सुडानमा जातीय दंगामा ३२ को मृत्यु

file photo
file photo

दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ।मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो।सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए।

सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए।यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीचमा समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ।
 

प्रकाशित मिति: : 2022-01-26 12:38:00

प्रतिकृया दिनुहोस्