रातो रगतको कालो व्यापार

अन्नपूर्ण पोष्ट

तारा चापागाईं

कोभिड–१९ का कारण रगत अभाव सिर्जना भएको छ। रक्तदान महादान भनिन्छ। दान भनेको निःशुल्क दिने भन्ने बुझिन्छ।  सोहीअनुरूप दाताले निःशुल्क रगत दान गर्छन्। तर, अस्पतालमा पुगेपछि त्यही रगत बिक्री हुने गर्छ। अस्पतालैपिच्छे फरक–फरक मूल्य तोकिएको देखिन्छ। रगत संकलन र वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीको संस्था केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) ले विभिन्न बहानामा उच्च शुल्क लिने गरेको पाइएको छ भने निजी अस्पतालहरूले २५ सयसम्म लिने गरेका छन्। 

संसारभरि रगत बेच्न पाइँँदैन तर नेपालमा विभिन्न परीक्षणका नाममा घुमाउरो तरिकाले ब्लड बैंक र अस्पतालहरूले रकम उठाउने गर्छन्। जस्तैः रगतको समूह पहिचान, एचआईभी परीक्षण, हेपाटाइटिस, भीडीआरएल जस्ता परीक्षण गर्ने बहानामा मनपरि शूल्क लिने गरेका छन्। रक्तदाता र अभियान्ताहरू भने कुनै पनि बहानामा रगतमा पैसा लिन नहुने विषयमा आन्दोलन गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-01-27 08:39:00

प्रतिकृया दिनुहोस्