'द लस्ट डटर'ले ताछेको सुन्तला

शिलापत्र

काठमाडौँ

यो फिल्मकी प्रमुख पात्र लेडा एउटा दृश्यमा आफ्ना दुई छोरीहरूलाई सुन्तलाको बोक्रा नटुटाईकन एउटै लहरोमा सर्पझैँ ताछेर देखाउँछिन्।

सुन्तला एउटा फल। उनी एक आमा। दुई उत्सुक छोरीहरू। छोरीहरूलाई उनले सुन्तला त्यसरी ताछेको हेर्न मनपर्ने। उनलाई त्यसरी ताछ्न मनपर्ने । एक तहले हेर्दा उनले गरेको त्यो काम साधारण लाग्छ। स्वाभाविक नै लाग्छ।

तर, फिल्ममा सुन्तला सामान्य छैन। उनले गर्ने वा गर्न सक्ने असंख्य कामहरूमध्येबाट छानिएको हो त्यो काम। त्यसैले त्यो सुन्तला विभिन्न स्वरूपमा फिल्मका अन्य दृश्यहरूमा पनि देखिन थाल्छ। उनी भएको फ्रेममा सुन्तला भएको टोकरी अट्न थाल्छ। फ्ल्यासब्याकका दृश्यमा उनले छोरीहरूलाई छेउमा राखेर सर्पझैँ सुन्तलाको बोक्रा ताछेको दोहोरिइरहन्छ। उनलाई नजिकबाट देखाउने कुनै कुनै दृश्यमा पछाडिको लाइट पनि सुन्तला रङको हुन्छ।

प्रकाशित मिति: : 2022-01-28 10:22:00

प्रतिकृया दिनुहोस्