दुईपटक विवाह गर्दै फरहान अख्तर

File Photo
File Photo

बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकरले दुईपटक विवाह गर्ने भएका छन्। परिवारका अनुसार उनीहरूले २१ फेब्रुअरीमा अदालती विवाह र अर्को ग्रान्ड विवाह हुनेछ।

अदालती विवाहमा सीमित व्यक्तिको मात्र उपस्थिति हुने भएपछि फरहानले अप्रिलमा अर्को भव्य विवाह गर्न लागेका हुन्। ‘फरहान र शिबानीले फेब्रुअरीमा कोर्ट म्यारिज गरेपछि अप्रिलमा एक ग्रान्ड वेडिङ गर्ने निर्णय लिएका छन्।

यो जोडीले पहिले कोरोना महामारी र ओमिक्रोनको बढ्दो खतराका कारण एक सानो विवाहको योजना बनाएका थिए। तर अहिले सबै कुरा नियन्त्रणमा आएको छ। त्यसकारण उनीहरूले स्वास्थ्य मापदण्डको पालना गर्दै भव्य विवाह गर्ने योजना बनाएका छन्’, फरहान निकट स्रोतले भनेको छ।

फरहान चाँडै नै एक सडक यात्राको कथा रहेको फिल्म ‘जी ले जरा’ लिएर आउँदैछन्। जसमा अभिनेत्री आलिया भट्ट, प्रियंका चोपडा र कैटरिना कैफको अभिनय रहनेछ। भलै प्रियंकाले आमा बनेपछि यो फिल्मबाट हात झिकेकी छन्। फरहान अहिले प्रियंकाको स्थानमा अर्को अभिनेत्रीको खोजी गरिरहेका छन्।

प्रकाशित मिति: : 2022-01-30 16:15:00

प्रतिकृया दिनुहोस्